सबैलाई नमस्ते,

२०२१ को बोर्ड अफ ट्रस्टीको निर्वाचन चाँडै नै हुँदैछ। यसको लागि समुदायका उम्मेदवारहरूले उपलब्ध सिटहरू भर्न आवश्यक हुन्छ।

विकिमिडिया फाउन्डेसन बोर्ड अफ ट्रस्टीले विकिमिडिया फाउन्डेसनको सञ्चालनहरूको निरीक्षण गर्दछ। सामुदायका ट्रस्टीहरू र नियुक्त ट्रस्टीहरूलाई मिलाएर बोर्ड अफ ट्रस्टी बनाइन्छ। प्रत्येक ट्रस्टीको कार्यकाल तीन बर्षको अवधिको हुने गर्दछ। विकिमिडियाका समुदायले समुदायका ट्रस्टीहरुलाई मतदान गर्ने अवसर प्राप्त गर्छन्।

विकिमिडियाका योगदानकर्ताहरूले २०२१ मा बोर्डमा चार सिटको पूर्तीको लागि मतदान गर्नेछन्। यो सामुहिक रूपमा रूपमा बोर्डको प्रतिनिधित्व, विविधता र विशेषज्ञता सुधार गर्ने एउटा राम्रो अवसर हो।

सम्भावित उम्मेदवारहरू को हुन्? के तपाई सम्भावित उम्मेदवार हुनुहुन्छ?

विशेषता

विकिमेडिया एक विश्वव्यापी कदम हो र यसले बृहत्तर समुदायबाट उम्मेदवार खोज्छ। उम्मेदवारहरूले उनीहरूले बोर्डमा कस्तो अनुभव र दृष्टिकोण राख्छन् भनेर सोच राख्नु पर्छ। आदर्श उम्मेद्वारहरू विकिमिडिया मिशनको साथमा पङ्तिबद्ध हुनाका साथै विचारशील, सम्मानजनक र समुदाय तर्फ उन्मुख हुन्छन्। बोर्ड कम-प्रतिनिधित्व भएका र हाम्रो कदममा राम्रो भूमिका निर्वाह गर्न सक्ने भन्ने दृष्टिकोण र आवाजको खोजिमा छ। तिनीहरूले नयाँ ट्रस्टीबाट विकिमिडियालाई आवश्यक पर्ने कुराहरू ल्याउनु पर्छ।

प्रतिबद्धता

ट्रस्टीहरूको सेवा अवधि तीन बर्ष हुन्छ र लगातार तीन सर्तहरू सम्म रहन सक्दछ। यात्रा अवधि बाहेक समय प्रतिबद्धता प्रति वर्ष १५० घण्टा हुन्छ। यस अवधिको अवधि एकै बर्षमा वर्षमा विभाजित हुँदैन। सामान्यतया यो समय अनुदान बैठकको दौरान आवश्यक छ। ट्रस्टीहरूले कम्तिमा बोर्डको एउटा समितिमा सेवा गर्नेछन् भन्ने अपेक्षा गरिन्छ।

आवश्यकताहरू

बोर्डको लागि व्यवसायिक भाषा अङ्ग्रेजी हो। उम्मेदवारहरूलाई अङ्ग्रेजीको आधारभूत ज्ञान आवश्यक छ तर समर्थन र प्रशिक्षण पनि उपलब्ध हुनेछ। उम्मेदवार आवेदन मतदाताहरूको विस्तृत श्रृंखलासम्मको पहुँचको लागि धेरै भाषाहरूमा अनुवाद गरिनेछ।

आवेदन

विकिमिडिया ट्रस्टीको आवश्यकता पूरा गर्ने सबै परियोजनाहरू र समुदायहरूबाट आएका उम्मेदवारहरूलाई स्वागत छ। यदि तपाई राम्रो ट्रस्टी हुन सक्ने कसैलाई चिन्नुहुन्छ भने उनीहरूलाई निर्वाचनमा भाग लिनको लागि प्रोत्साहन गर्नुहोस्। उम्मेदवारहरूले उम्मेद्वारको लागि आवेदन पृष्ठमा गएर जानकारी हासिल गर्न र आफुलाई नामाङ्कन गर्न सक्दछन्।

तपाईको सहयोगको लागि धन्यवाद !

विकिमिडिया फाउन्डेसन बोर्ड अफ ट्रस्टी


--
Krishna Chaitanya Velaga (he/him)
Board Governance Facilitator, 
Wikimedia Foundation